ह्वात्तै घट्याे सुनको मूल्य

१५ चैत्र, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ ।

सोमबार १ लाख ५०० रुपैयाँ प्रतितोला कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार ३०० रुपैयाँल घटेर प्रतितोला ९९ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूूल्य पनि तोलामा १० रुपैयाँले ओरालो लाग्दै प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको हो । हिजो चाँदीको प्रतितोलाको मूल्य १ हजार ३८० रुपैयाँ रहेको थियो ।