सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

१७ चैत्र, काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

हिजो बुधबार प्रतितोला एक लाख ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो प्रतितोला ४०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो बुधबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।