ललितपुरको बागडोलमा बस पल्टियाे

३० साउन, काठमाडौं । ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते भएका छन्।

सोमबार दिउँसो १ बजे बा ३ ख २७१८ नम्बरको बस ललितपुर महानगरपालिका-४ बागडोलमा पल्टिएको हो ।

मध्य उपत्यका बस रिंगरोडमा बागडोलबाट बल्खुतर्फ जाँदै गर्दा अनियन्त्रित भएर आफैं पल्टिएको जिल्‍ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

बसमा सवार आठ जना घाइते छन्। उनीहरूको ललितपुरकै स्टार अस्पतालमा उपचार भइरहेको छ।