असोज १७, काठमाडौं ।
देशभर दुई हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा दुई हजार एक सय २० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार कोरोनासम्बन्धी जानकारी दिँदै मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उक्त संख्यामा संक्रमित भेटिएको बताएका छन् । यससँगै देशमा कोरोना संक्रमितको संख्या ८४ हजार पाँच सय ७० पुगेको छ ।
यस अवधिमा दुई हजार जना कोरोनामुक्त भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार हाल देशभरमा सक्रिय संक्रमित २१ हजार तीन सय दुई छ ।







