असोज, १७ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापालाई कोरोना संक्रमण भएको सचिवालयले जनाएको छ ।
केन्द्रीय समिति बैठकअघि बिहीबार काँग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी १५९ जनाको स्वाब संकलन गरिएको थियो । केन्द्रीय सदस्य थापासहित आधा दर्जनमा कोरोना सक्रमण पुष्टि भएको छ ।
थापाले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘असोज १५ गते पार्टी कार्यालयमा भएको पिसिआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले म घरमै आइसोलेसनमा छु। यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।’
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठलगायतमा पनि कोरोना पोजेटिभ देखिएको छ ।






