असोज १८, कपिलवस्तु ।
प्रहरीले चार लाख भारतीय रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको कृष्णनगर नाकाबाट ५४ वर्षिय पप्पु गुप्ता पक्राउ परेका हुन् ।
उनका साथ स्रोत नखुलेको चार लाख भारतीय रूपैयाँ भेटिएको कृष्णनगर बिओपीका सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीले बताए । गुप्ताका साथ पाँच सयका दरका चार सय थान र दुई हजारका नोट एक सय वटा बरामद भएको छ ।
कृष्णनगर नगरपालिका २ का गुप्ताले उक्त रकम लुकाएर भारतबाट नेपालतर्फ ल्याइरहेका थिए । नेपाली ६ लाख ४० हजार रूपैयाँ हुने उक्त रकमको छानबिनका लागि उनलाई राजश्व अनुुसन्धान कार्यालय बुटवलमा बुझाउने तयारी भइरहेको छ ।







