असोज १८, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले मनसुन नेपालबाट बाहिरिसकेको बताए पनि नेपालको पूर्वी क्षेत्रमा भने अझै कायम छ । यस कारण तीन दिनसम्म वर्षाको सम्भावना रहिरहेको विभागको भनाइ छ ।
नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिए पनि पूर्वी भेगमा अझै कायम रहेको छ । प्रदेश ५, गण्डकी, बाग्मती, प्रदेश २ र १ का केही स्थानमा अझै तीन दिन वर्षा हुनसक्ने मौसमविद्ले बताएका छन् ।
मंगलबारसम्मै मौसममा बदली हुनसक्नेछ र हल्का वर्षा हुन सक्नेछ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले मनसुन बाहिरिन समय लागेको हो ।







