चितवनका संक्रमितको मृत्यु

असोज १८, चितवन ।
भरतपुर अस्पतालमा एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । मृतकमा कालिका नगरपालिका ७ जुटपानीका ६२ वर्षिय पुरूष रहेको अस्पतालले जनाएको छ ।

उनको आइतबार बिहान साढे ६ बजे मृत्यु भएको हो । उनमा खोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनी असोज १६ मा कोरोना पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए ।