डोलोमाइट उत्खनन् गर्ने सरकारको तयारी

असोज १८, बैतडी ।
सरकारले रासायनिक मलमा प्रयोग हुने चट्टान डोलोमाइट चट्टान उत्खनन्को तयारी गरेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ मा उक्त चट्टान पत्ता लागेपछि खानी तथा भूगर्भ विभागले रासायनिक मल बनाउने प्रयोजनका लागि उत्खनन् गर्न खोजेको छ ।

उक्त गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङ कार्यको उद्घाटन गरिएको थियो । उद्योग, वाणीज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गर्दै सो परीक्षण सफल भए सो स्थानमा मलखाद्यसम्बन्धी उद्योग स्थापना गर्ने बताए ।

खानी तथा भूगर्भ विभागले असोज ५ मा प्राविधिक टोली बैतडी पठाएको थियो । फस्फोराइड खानीमा ५० मिटर गहिरो प्वाल पारेर परीक्षण गरिएको थियो ।