काभ्रेको बुच्चाकोटमा यात्रुबस दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं ।बीपी राजमार्ग अन्तर्गत काभ्रेकाे नमाेबुद्ध नगरपालिका-२ बुच्चाकोटमा यात्रुबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। घटनास्थलमा रहेका काभ्रेका डीएसपी रबिन विष्टका अनुसार, घटनास्थलमै सात जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य १५ जना घाइते भएको र उनीहरूको तत्काल उद्धार गरी उपचारका लागि अस्पतालमा पठाइएको विष्टले जानकारी दिए।

प्रहरीका अनुसार बनेपाबाट राेशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बुच्चाकोटमा पुग्दा दुर्घटनामा परेको हो।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।