ललितपुरमा ट्रकको ठक्करबाट चालकको मृत्यु

काठमाडौँ । ललितपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका–१३ थसिखेल चोकस्थित सडकमा बा.प्र.०३-००१ ख १७६८ नम्बरको ट्रकले बा.प्र.०२-०५४ प ३०९३ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार भक्तपुर लोकन्थली बस्ने २३ वर्षीया सोनु गडालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रण लिएर कारबाही प्रक्रिया अघि बढाइएको ललितपुर प्रहरीले जनाएको छ।