काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका-४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले आइतबार वन अधिकृतसहित १० जनालाई निणन्त्रणमा लिएको हो । अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको छ । क्षतिपूर्ति दिनेबारे छलफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिए ।
भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा शुक्रबार गाईबाँधेमा धनादेवी धामीले खुद्रा पसलका लागि प्रयोग गर्ने गरेको टेम्पो वन कर्मचारी र वन रक्षकले भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।







