प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने भएको छ ।

मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेश प्रदेशका सबै जिल्लामा मुख्यमन्त्री नमूना विद्यालय बनाउने बताए ।

‘प्रदेशका प्रत्येक जिल्लामा कम्तिमा एउटा विद्यालयलाई मुख्यमन्त्री मुख्यमन्त्री नमूना विद्यालय घोषणा गरी आवासीय नमूना विद्यालयको रूपमा स्तरोन्नति तथा भौतिक पूर्वाधार निर्माण गरिनेछ’, उनले भने ।

त्यस्ता सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्न विज्ञान, प्रविधि, इन्जिनियरिङ कला पद्धतिमा आधारित प्रयोगात्मक शिक्षण सिकाइ सञ्चालन गर्न र डिजिटल तथा स्मार्ट बोर्ड जडान गर्न पनि अनुदानको लागि बजेट व्यवस्थापन गरिएको उनले बताए ।