काठमाडौं । नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर ४० रुपैयाँले मूल्य घटाइएको छ। त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको निगमले जनाएको छ।
मूल्य समायोजनपछि पेट्रोलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १९७ रुपैयाँ, डिजेल तथा मट्टितेलको १९५ रुपैयाँ र आन्तरिक हवाइ इन्धनको २२९ रुपैयाँ कायम भएको छ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २,०६० रुपैयाँ निर्धारण गरिएको छ।
मध्यपूर्वमा युद्धविरामको सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दै गएपछि सोहीअनुसार नेपाल आयल निगमले पनि स्वदेशी बजारमा इन्धनको मूल्य समायोजन गरेको जनाएको छ।







