बजेट विवादबीच लुम्बिनी प्रदेश सभा बैठक पुनः स्थगित, असार २१ मा बस्ने

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्तारूढ दलभित्रै असन्तुष्टि कायम रहेपछि लुम्बिनी प्रदेश सभाको बैठक बुधबार पनि नबसी स्थगित गरिएको छ।

यसअघि असार १२ गते अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभा बैठकलाई सूचना प्रकाशित गर्दै बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको थियो। तर बैठक सुरु हुनुअघि नै अर्को सूचना जारी गर्दै बैठक स्थगित गरिएको प्रदेश सभाले जनाएको छ।

अब बैठक असार २१ गते आइतबार दिउँसो १ बजे बस्ने गरी नयाँ मिति निर्धारण गरिएको छ।