सुनको भाउ घट्यो

काठमाडौं । आज सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलाको २ सय रूपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ ।

हिजो आइतबार एक तोला सुनको मूल्य ३ लाख १ हजार ७०० रुपैयाँ थियो । चाँदीको मूल्य तोलाको २५ रूपैयाँले बढेर ४ हजार ६७० रुपैयाँ पुगेको हो ।