विद्यादेवी भण्डारीले लिइन् एमाले वरिष्ठ नेताको शपथ

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को वरिष्ठ नेताको शपथ लिएकी छन्।

भण्डारीले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष वरिष्ठ नेताको शपथ लिएकी हुन्। पार्टी राजनीतिमा पुनः सक्रिय भएकी भण्डारीलाई एमालेले वरिष्ठ नेताको जिम्मेवारी दिएको हो।