काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट लिस्ट ‘ए’ टी–२० को मान्यता पाउने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार विज्ञप्ति जारी गर्दै एनपीएलका सबै खेलले आईसीसीको उक्त मान्यता प्राप्त गर्ने जनाएको हो।
क्यानका अनुसार यस मान्यताले नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पुर्याउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको पहिचान र प्रतिष्ठा बढाउन सहयोग गर्नेछ।
एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। प्रतियोगिताका सबै खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने भएपछि खेलाडीको व्यक्तिगत प्रदर्शन, तथ्याङ्क तथा प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तरले थप महत्त्व पाउने अपेक्षा गरिएको छ।






